मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

म्याग्दीका ९३१ घरमा खानेपानीको पहुँच विस्तार

बुधबार, असार ३२ २०८२
म्याग्दीका ९३१ घरमा खानेपानीको पहुँच विस्तार

एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ।

म्याग्दी- जिल्लाका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ।

खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो।

एक हजार २८३ वटा धारा निर्माण भएकामा नौ सय ३१ वटा धारामा मिटर जडान गरिएको छ। आयोजनामार्फत तीन हजार ११९ मिटर मुख्य, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्यांकी र दुईसय ७७ वटा अन्य संरचना निर्माण भएका छन्।

प्रदेश सरकारका ३६ वटा योजनाका लागि ६ करोड ९८ लाख २५ हजार रूपैयाँ बजेट विनियोजन भएकामा ३५ वटा कार्यान्वयन र ९६ दशमलव ०९ प्रतिशत अथवा ६ करोड ७० लाख ९५ हजार रूपैयाँ खर्च भएको छ।

संघीय सरकारका  पाँचवटा योजनाका लागि ५१ लाख रूपैयाँ बजेट प्राप्त भएकामा तीनवटा योजना कार्यान्वयन र ४३ लाख ९५ हजार रूपैयाँ अथवा ८६.१९ प्रतिशत खर्च भएको कार्यालय प्रमुख ओझाले बताए।

यस वर्ष दोवा, हिस्तान औला, पुलाचौर, बरंजाको दह-खर्कमा एक घर घर धारासहितको खानेपानी सुविधा विस्तार भएको छ।

घराम्दी खानेपानी योजनाको औला स्किमको उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको बताए। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend