मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

बुधबार, असार ३२ २०८२
टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ। स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन्।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्। झन्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएको छ।

स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन्। स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ। पुलको दुरावस्थाबारे नगरपालिकालाई जानकारी गराइएको उनी बताउँछन्।

यसैबीच, पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ।

उक्त योजनाअन्तर्गत दुई करोड ९१ लाख ८८ हजार रूपैयाँ लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend