शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अन्य खेतीमा बाँदरले दुःख दिएपछि व्यावसायिक बेसारखेती गर्दै किसान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३२ २०८२
अन्य खेतीमा बाँदरले दुःख दिएपछि व्यावसायिक बेसारखेती गर्दै किसान

बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएका हुन्। हाल स्थानीय बजारमा बेसार प्रतिकिलो ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।

रामेछाप- मन्थली नगरपालिका वडा नं-८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रुपमा बेसारखेती सुरु गरेका छन्।

बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसारखेती सुरु गरेका हुन्। 

बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएका हुन्। हाल स्थानीय बजारमा बेसार प्रतिकिलो ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। 

नगदेबालीका रुपमा लिइने बेसारखेतीबाट राम्रो आम्दानी हुने गरेको किसान श्रीप्रसाद घिमिरे बताउँछन्।

'बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरु बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसारखेती गरेको छु', उनले भने। आफूहरुले अभियानकै रुपमा बेसारखेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उनको भनाइ छ। 

बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसारखेती हुन थालेको उनको भनाइ छ। बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अमरिसोको खेती पनि गरिरहेका छन्। रासस

प्रकाशित : बुधबार, असार ३२ २०८२१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend