मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३२ २०८२
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड १८ लाख ८ हजार आर्थिक सहयोगमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुँदैछ।

काठमाडौं- भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माणका लागि अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका छन्। 

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड १८ लाख ८ हजार आर्थिक सहयोगमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुँदैछ। 

भारत सरकारको अनुदान सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको तीनतले भवनको निर्माणमा उपयोग गरिनेछ।

परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको दूतावासले जनाएको छ। यो परियोजनालाई अरुण गाउँपालिका, भोजपुरमार्फत कार्यान्वयन गरिनेछ। अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्नेछ।

अरुण गाउँपालिकाका अध्यक्ष र राजनीतिक प्रतिनिधिहरुले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गरे। 

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरुमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ। यीमध्ये ९३ वटा परियोजनाहरु कोशी प्रदेशमा छन्।

यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १ हजार ४९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कुल बस भोजपुरमा उपहारस्वरुप प्रदान गरिएको छ।


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend