मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाबाट ३ अर्ब १९ करोडको बजेट स्वीकृत

मंगलबार, असार ३१ २०८२
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाबाट ३ अर्ब १९ करोडको बजेट स्वीकृत

आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो।

काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औँ सभाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाख रूपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो।

कुलपति ओलीले बेरुजु फर्छ्यौटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे। कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ। रासस

 


प्रकाशित : मंगलबार, असार ३१ २०८२१७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend