मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

पूर्वाञ्चल विश्वविद्यालयको सभाबाट एक अर्ब ७० करोडको बजेट स्वीकृत

मंगलबार, असार ३१ २०८२
पूर्वाञ्चल विश्वविद्यालयको सभाबाट एक अर्ब ७० करोडको बजेट स्वीकृत

यस्तै, उपकुलपति प्राडा विजुकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

काठमाडौं- पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रूपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय-व्यय विवरण स्वीकृत भएको हो।

यस्तै, उपकुलपति प्राडा विजुकुमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ।

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भइ बजेट स्वीकृतिको क्रम जारी रहेको छ।


प्रकाशित : मंगलबार, असार ३१ २०८२१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend