मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले अर्थमन्त्री पौडेलसमक्ष लिए शपथ

मंगलबार, असार ३१ २०८२
बीमा प्राधिकरणका अध्यक्ष पोखरेलले अर्थमन्त्री पौडेलसमक्ष लिए शपथ

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद् ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बित भएका थिए।

काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरलले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष अध्यक्ष पोखरेलले शपथ लिएका हुन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्नेगरी तोक्ने निर्णय गरेको थियो।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद् ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

छानबिन समिति गठन भएपछि ओझा स्वत: निलम्बित भएका थिए।

यसैबीच, छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझेका छन्।


प्रकाशित : मंगलबार, असार ३१ २०८२१५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend