मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न सांसदको माग

मंगलबार, असार ३१ २०८२
बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न सांसदको माग

सांसद चन्द्रकान्त भण्डारीलेले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुंगा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले समस्या समाधान गर्न माग गरे।

काठमाडौं- बाँके जिल्लाको दुर्गम क्षेत्रमा रहेका राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न सांसद डा चन्द्रकान्त भण्डारीले माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुंगा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले समस्या समाधान गर्न माग गरे।

त्यस क्षेत्रका स्थानीयवासीको मुख्य पेसा कृषि भएको तर धान रोप्न जान नदी पार गर्न समस्या हुने गरेको, केही वर्षअघि डुंगा तर्दा १०० जनाको निधन भएकाले पुल बनाउन सरकारलाई रुलिङ गरिदिन सांसद भण्डारीले सभामुखसँग माग गरे।

सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेपछि अनाथ बनेका बालबालिकालाई प्रधानमन्त्रीको पहलमा राजधानी ल्याएर पठनपाठनको व्यवस्था गरिएको बताए। जातीय छुवाछूतको अन्त्यका लागि कानून बने पनि त्यसको कार्यान्वयन हुन नसकेकाले यथाशीघ्र त्यसमा सुधार गरिनुपर्नेमा जोड दिए।

सांसद रामप्रकाश चौधरीले अन्नको भण्डार मधेस प्रदेशमा अहिले पानी नपरेर समस्या भएकाले सरकारको नीति तथा कार्यक्रम एवं बजेटले समेटेर लैजान माग गरे। रासस


प्रकाशित : मंगलबार, असार ३१ २०८२१४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend