मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

खानेपानी समस्या समाधानका लागि मधेस प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने

मंगलबार, असार ३१ २०८२
खानेपानी समस्या समाधानका लागि मधेस प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने

बैठकमा दातृ निकायका प्रतिनिधिहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

जनकपुर- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताएका छन्।

आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसँगको बैठकमा मुख्यमन्त्री सिंहले ती समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

उनले मौजुदा अवस्थामा  प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न आग्रह गरे। उनले भने, 'बैठक र निर्णयमात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौँ।'

प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे। 'प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट संकटमा रहेका बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु', उनले भने।

बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको समेत उपस्थिति रहेको थियो। यस्तै, वर्तमान अवस्थाबारे मन्त्रालयगत रूपमा तथ्यांक प्रस्तुत गरिएको थियो।

बैठकमा दातृ निकायका प्रतिनिधिहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। रासस


प्रकाशित : मंगलबार, असार ३१ २०८२१२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend