मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

कालीगण्डकी नदीमा बेलिब्रिज जडान, २ करोड ८७ लाख रूपैयाँ खर्च

मंगलबार, असार ३१ २०८२
कालीगण्डकी नदीमा बेलिब्रिज जडान, २ करोड ८७ लाख रूपैयाँ खर्च

दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो। बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ।

मुस्ताङ- यहाँको घरपझोङ गाउँपालिका-२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ। दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो।

बेलिब्रिज निर्माणका लागि संघीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख रूपैयाँ लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजार रूपैयाँमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए।

सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ। बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो।

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे। रासस


प्रकाशित : मंगलबार, असार ३१ २०८२१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend