मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मंगलबार, असार ३१ २०८२
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

'कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भएँ', मन्त्री राजकुमार गुप्ताले फेसबुकमा लेखेका छन्।

काठमाडौं- घुस लेनदेनकाे अडियो बाहिरिएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको जानकारी गराएका हुन्।

'कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भएँ', मन्त्री गुप्ताले फेसबुकमा लेखेका छन्, 'अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु।'

केही दिनअघि मन्त्री गुप्ताले बिचौलियासँग घुस लेनदेनको छलफल गरेको अडियो सार्वजनिक भएको थियो। अडियो बाहिरिएलगत्तै उनको राजीनामाको माग उठेको थियो।

मन्त्री गुप्ता भने आफू प्रविधिको दुरुपयोगको सिकार भएको गुप्ता दाबी गर्छन्।


प्रकाशित : मंगलबार, असार ३१ २०८२११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend