शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सहुलियत घटेपछि चीनमा विद्युतीय कार बिक्री १८ प्रतिशत घट्यो

शनिबार, फागुन ७ २०७८
सहुलियत घटेपछि चीनमा विद्युतीय कार बिक्री १८ प्रतिशत घट्यो

२०२२ को जनवरीमा विश्वको सबैभन्दा ठूलो कार बजार चीनमा गत वर्षको तुलनामा कार बिक्री ०.९ प्रतिशतले बढेर २५ लाख ३० हजार वटा बिकेको हो। 

काठमाडौं- चीन सरकारले विद्युतीय सवारीमा दिँदै आएको सहुलियत कटौती गरेपछि नयाँ विद्युतीय कार बिक्रीमा कमी आएको छ। यो वर्षको जनवरीमा चीनमा न्यू इनर्जी भेहिकल्स (एनईभीज्)को बिक्री गत वर्षको तुलनामा १८.६ प्रतिशतले कमी आएको हो। 

चीन सरकारले विद्युतीय सवारीमा ३० प्रतिशत सहुलियत दिँदै आएको थियो। २०२१ को अन्त्यसँगै उक्त सहुलियत कटौती गर्ने निर्णय सरकारले गरेको थियो। एनईभीज् अन्तर्गत ब्याट्रीमा आधारित विद्युतीय सवारी, प्लगइन पेट्रोल इलेक्ट्रिक हाइब्रिड र हाइड्रोज प्युल सेल सवारी पर्छन्। 

यो वर्षको जनवरीमा चीनमा एनईभीज् ४ लाख ३१ हजार वटा बिक्री भएको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम)ले सार्वजनिक गरेको तथ्यांकमा छ। यो गत वर्षको सोही अवधिको तुलनामा १ सय ३५ प्रतिशतले बढेको भएपनि २०२१ को डिसेम्बरको तुलनामा भने १८.६ प्रतिशत कम भएको रोयटर्सले लेखेको छ। 

२०२१ को डिसेम्बरमा चीनमा ५ लाख १८ हजार वटा एनईभीज् बिक्री भएको थियो। चीनले कार्बन उत्सर्जन कटौती गर्नका लागि विद्युतीय सवारीको महत्वकांक्षी योजना अघि सारेको छ। 

२०२२ को जनवरीमा विश्वको सबैभन्दा ठूलो कार बजार चीनमा गत वर्षको तुलनामा कार बिक्री ०.९ प्रतिशतले बढेर २५ लाख ३० हजार वटा रहेको छ। 

चीनमा चिनियाँ उत्पादकसहित युरोपेली तथा अमेरिकी कार उत्पादक समेतले विद्युतीय कार उत्पादन र बिक्रीलाई उच्च प्राथमिकता दिएका छन्। अमेरिकी चर्चित विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले अमेरिका बाहिर पहिलो गिगा फ्याक्ट्री चीनमै खोलेको हो। 

यो वर्षको जनवरीमा टेस्लाले चीनमा ५९ हजार ८ सय ४५ वटा मेड इन चाइना का बिक्री गरेको छ।


प्रकाशित : शनिबार, फागुन ७ २०७८०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend