मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

देशभर मनसुनी सक्रियता, केही स्थानमा भारी वर्षाको सम्भावना

मंगलबार, असार ३१ २०८२
देशभर मनसुनी सक्रियता, केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौं- हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा अर्घाखाँचीमा १२१ मिलिमिटर, दूधकोसी जलाधार क्षेत्रअन्तर्गत रबुवा बजारमा १२६.४ मिलिमिटर, ओखलढुंगाको मानेभञ्ज्याङमा १०६ मिलिमिटर र ओखलढुंगामै अर्को स्थानमा १०३ मिलिमिटर वर्षा मापन भएको छ।

आज मंगलबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। साथै, उच्च–पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

यस्तै, कोशी र मधेश प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्ने चेतावनी विभागले दिएको छ। मौसम विभागले सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ। रासस


प्रकाशित : मंगलबार, असार ३१ २०८२०६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend