मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

डाँडै भासिएर झरेको झ्याप्लेखोला पहिरो नदोहोरियोस् भनेर हुँदैछ काम [तस्बिरहरू]

सोमबार, असार ३० २०८२
डाँडै भासिएर झरेको झ्याप्लेखोला पहिरो नदोहोरियोस् भनेर हुँदैछ काम [तस्बिरहरू]

साउनको पहिलो सातासम्म सम्पूर्ण काम सक्ने तयारी छ। पहिरो गएको स्थानमा पर्खाल लगाउने, बाँस रोप्नुका साथै जाली लगाइएको छ।

काठमाडौं- गतवर्ष असोज १२ गते काठमाडौंको सीमानजिकै धादिङको धुनीबेँसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरो जाँदा पुरिएका तीनवटा सवारीसाधनमा ३५ जनाको शव फेला परेको थियो।

झन्डै दुई सय मिटरमाथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र तलतिर ठूलो थुप्रो लागेको थियो। पहिरोमा दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको थियो। 

उक्त पहिरो नागढुंगा-नौबिसे सडकको पूर्वीखण्डमा पर्छ। फेरि झ्याप्ले खोलामा पहिरो नदोहोरियोस् भनेर सडक विभागले नागढुंगा-नौबिसे सडक स्तरोन्नति गर्दै आएको 'ज्याङसु सगुन जेभी'लाई पहिरो व्यवस्थापनको जिम्मेवारी दिएको थियो। 

निर्माण कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र ढुंगानाका अनुसार उक्त समयमा सडकको करिब तीन सय मिटरमाथि जग्गा प्लटिङ गरिएको छ। प्लटिङ गरेको माटो उचित व्यवस्थावन नगरि छोडेको र पानी परेर लेदो बग्दा पहिरो गएको हो।

jhyaple khola (4).jpg

सडक विभागले डिजाइन तयार गरेर पहिरो व्यवस्थापनको जिम्मेवारी दिँदा २०८१ चैतको समय आइसकेको ढुंगाना बताउँछन्। ‘हामीलाई गएको चैतबाट पहिरो व्यवस्थापनको जिम्मेवारी थपिएको हो। अहिले लगभग काम सकिएको छ’ उनले भने।

साउनको पहिलो सातासम्म सम्पूर्ण काम सकिने उनको भनाइ छ। पहिरो गएको स्थानमा ग्याबिन पर्खाल लगाउने, बाँस रोप्ने, माइक्रोपाइल गरेको जाली लगाइएको छ। त्यस्तै आरसीसी वाल लगाएर सडक पनि केही मात्रामा बढाउने कम भएको छ। जसका कारण अब झ्याप्ले खोलामा पहिरोको जोखिम नहुने उनले दाबी गरे।

jhyaple khola (1).jpg
jhyaple khola (3).jpg

jhyaple khola (2).jpg

jhyaple khola (5).jpg
jhyaple khola (6).jpg
jhyaple khola (7).jpg


प्रकाशित : सोमबार, असार ३० २०८२१३:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend