शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सेयर बजारमा १८ अंकले गिरावट आउँदा सबै समूहको सूचक नकरात्मक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
सेयर बजारमा १८ अंकले गिरावट आउँदा सबै समूहको सूचक नकरात्मक

सेयर बजारमा १८ अंकले गिरावट आएको छ। मंगलबार नेप्से सूचक १८ दशमलव ५४ अंकले घटेर २ हजार ९ सय २९ बिन्दुमा पुगेको छ। कारोबारमा आएका १३ वटै समूहको सूचक नकरात्मक बनेका छन्। निर्जीवन बीमा, विकास बैंकका लगानीकर्ता सबैभन्दा धेरै गुमाउन पुगेका छन्।

images
images

काठमाडौं- सेयर बजारमा १८ अंकले गिरावट आएको छ। मंगलबार नेप्से सूचक १८ दशमलव ५४ अंकले घटेर २ हजार ९ सय २९ बिन्दुमा पुगेको छ। कारोबारमा आएका १३ वटै समूहको सूचक नकरात्मक बनेका छन्। निर्जीवन बीमा, विकास बैंकका लगानीकर्ता सबैभन्दा धेरै गुमाउन पुगेका छन्।

images
images
images

राष्ट्रिय बीमा कम्पनी, नागरिक म्युचुअल फण्ड, बीमा कम्पनी, अजोड इस्योरेन्स, एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, न्याग्दी ग्रुप पावर, सानिमा जनलर इस्योरेन्स, हिमाल दोलाखा पावर, वेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन्। 

images
images

२ कम्पनीको सेयर सर्किट मूल्यका कारोबार 
दुई कम्पनीको सेयर सर्किट मूल्यका कारोबार भएको छ । मनकामना स्मार्ट लघुुवित्त  वित्तिय संस्था, सानिमा लाइफ इस्योरेन्सको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यका कारोबार भएको हो। रैराङ हाइड्रो पावर, एनआइबिएल समृद्ध फण्ड, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट, सिंगटी हाइड्रो इनर्जी, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, गुडबील फाइनान्स, नेशनल माक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढ्दा यी कम्पनीका लगानीकर्ता उत्साहित बनेका छन्।

images
images

कारोबार रकम ५ अर्बमा सीमित
कारोबार रकममा भने भारी गिरावट आएको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ सय २२ कम्पनीको १ करोड ६ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १९ करोड रुपैंयाको कारोबार भएको छ। 

अरुण भ्याली  हाइड्रो पावर कम्पनीको २७ करोड रुपैंयाको कारोबार हुँदा रैराङ हाइड्रो पावर कम्पनीको २२ करोड ७९ लाख रुपैंयाको कारोबार भएको छ। त्यसैगरी युनाइटेड मोदी हाइड्रो पावर कम्पनीको २२ करोड ३४ लाख रुपैंयाको कारोबार भएको छ ।

एनआइसी एसिया बैंकको १५ करोड७३ लाख रुपैंयाको कारोबार भएको छ । लगानीकर्ताहरु पर्ख र हेरको अस्थामा बस्दा बजार सो दिन प्रभावित बनेको लगानीकर्ताहरु बताउँछन्।  लगानीकर्ता अझै पनि बजारको भविष्यप्रति निश्चित छैन, बुल रन वा बेरिस भन्ने छुट्याउन अझै केही दिनको बजारको प्रतिक्षा गर्नुपर्ने एक लगानीकर्ता बताउँछन्।


प्रकाशित : मंगलबार, भदौ २९ २०७८१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend