मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अर्थ मन्त्रालयले भन्यो - सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्नू

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २९ २०८२
अर्थ मन्त्रालयले भन्यो - सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्नू

केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको हो।

काठमाडौं- अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ।

अर्थ मन्त्रालयले आज  सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको हो।

केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको हो।

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : आइतबार, असार २९ २०८२१८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend