मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

आइतबार, असार २९ २०८२
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महानगरले पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।

आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गरेकी हुन्।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी उक्त रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो।

महानगरले पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ। 

आज आइतबार नै नगरसभा बैठकको सुरुमा महानगर प्रमुख बालेन शाहले नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेश गरेकी हुन्। 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने र २५ गतेभित्र नगरसभाबाट पास गर्नुपर्ने प्रावधान छ। काठमाडौं महानगरले भने प्रमुख कार्यकारी अधिकृत र मेयरको विवादका कारण बजेट समयमै ल्याउन नसेकेको हो। 


प्रकाशित : आइतबार, असार २९ २०८२१६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend