मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

प्रधानमन्त्रीले उद्‍घाटन गरे झापाको मदनडाँगी-डिपु सडक, बेलडाँगीमा रंगशाला निर्माण गर्ने घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २९ २०८२
प्रधानमन्त्रीले उद्‍घाटन गरे झापाको मदनडाँगी-डिपु सडक, बेलडाँगीमा रंगशाला निर्माण गर्ने घोषणा

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेको बताए।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन्।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो। ४४ करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेको बताए।

प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्वपूर्ण विषयमा निःशुल्क ‘अनलाइन’ कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए। 

यस्तै आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्नेगरी केही विरोधीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरेकामा आपत्ति जनाउँदै उनले यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे। रासस


प्रकाशित : आइतबार, असार २९ २०८२१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend