शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एलन मस्कले दिए ५ अर्ब ७० करोड डलर दान 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
एलन मस्कले  दिए ५ अर्ब ७० करोड डलर दान 

सेयर पाउनेको नाम भने अहिलेसम्म खुलाइएको छैन। 

images
images

काठमाडौं- संसारकै धनीहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा बस्छन्। धनाढ्यहरुको देश भनेपनि हुन्छ। 

images
images
images

खुला तथा उदार मुलुक अमेरिकामा बस्ने अर्बपतिहरुमाथि पछिल्लो समय भने त्यहीका राजनीतिक कार्यकर्ता तथा सार्वजनिक बौद्धिकहरुले प्रश्न उठाउन थालेका छन्। एकातिर अर्बौको सम्पत्तिको मालिक भएर राज्यलाई पर्याप्त कर नतिरेको र अर्कोतिर असमानताको खाडल बढ्दै गएको उनीहरुले बताउन थालेका छन्। 

images
images

अर्बपतिहरुको सम्पत्तिमै कर लगाउनुपर्ने कतिपयको धारणा छ। केही वर्ष पहिले प्रोपब्लिकले गरेको एक खोजमुलक सामग्री अनुसार एल मस्क, जेफ बेजोज जस्ता संसारकै धनीहरुले कर भने न्यूनतम मात्र तिर्ने गरेको पाइएको थियो। त्यही रिपोर्ट प्रकाशित भएपछि अर्बपतिहरुको अधिक सम्पत्ति पनि अहिले बहसको विषय बनेको छ। 

images
images

यस्तो प्रश्नको सामना गर्नेमा टेस्लाका सीईओ एलन मस्क पनि हुन्। सामाजिक सञ्जालमा सक्रिय हुने उनी संसारकै धनीमध्येमा पर्छन्। पछिल्लो समय टेस्लाको सेयर मूल्य बढ्दै गएपछि उनको सम्पत्ति पनि बढ्दै गएको छ। 

मस्कले हालैमात्र इतिहासकै ठूलो दाबी गरिएको दान गरेका छन्। अर्थात् उनले ५ अर्ब ७० करोड अमेरिकी डलर बराबरको टेस्लाको सेयर दान गरेका छन्। उनले सन् २०२१ मै दान गरेपनि सोामबार मात्र अमेरिकी सेक्युरिटी एक्स्चेन्ज कमिसनामा फाइलिङ गरिएको छ। सेयर पाउने संस्थाको नाम भने अहिलेसम्म खुलाइएको छैन। 

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend