मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

जीवन विकास लघुवित्तमा किन भुम्मिए लगानीकर्ता ? सेयर मूल्य पाँच हजार नजिक

images
बिहीबार , फागुन ५ २०७८
images
images
जीवन विकास लघुवित्तमा किन भुम्मिए लगानीकर्ता ? सेयर मूल्य पाँच हजार नजिक

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

काठमाडौं-जीवन विकास लघुवित्तको सेयर मूल्य लगातार बढेको छ। लाभांश घोषणाको अन्तिम तयारीमा रहेकोले कम्पनीको सेयर खरिदमा लगानीकर्ता झुम्मिएका छन्। जसका कारण साताको अन्तिम दिन मात्रै  प्रतिकित्ता १६९ रुपैयाँले बढेको छ।

images
images

बिहिबार कारोबार बन्द हु्दाँ सेयर मूल्य ४९६० रुपैयाँ कायम भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उत्कृष्ट नाफा कमाएको थियो। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। 

images
images

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images
images

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा अझै गरेको छैन। कम्पनीले ५० देखि ६५ प्रतिशतसम्म लाभांश घोषणा गर्न सक्ने क्षमता रहेको छ। कम्पनीको सम्भवत: आगामी हप्ता लाभांश घोषणा हुदैँछ। 

बिहिबार जीवन लघुवित्त ४५ हजार ४६८ कित्ता सेयर कारोबार हुदाँ २२ करोड ३७ लाख रुपैयाँको किनबेच भएको छ। कम्पनीले ३० अर्ब १७ करोड रुपैयाँ पुँजीकरण पुगेको छ। कम्पनीको ५२ हप्तामा अधिकतम ५ हजार ५१६ रुपैयाँ न्यूनतम ४ हजार ५३७ रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८१४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend