शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमसीसी पास गर्ने एजेन्डाबाट तलमाथि नहुन प्रधानमन्त्रीलाई गगन थापाको आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
एमसीसी पास गर्ने एजेन्डाबाट तलमाथि नहुन प्रधानमन्त्रीलाई गगन थापाको आग्रह 

एमसीसी परियोजनाका बारेमा कांग्रेसले अध्ययन गरेर बुझेर सही ठहर गरेकाले पारित गर्नेतिर अघि बढ्नुपर्ने उनको भनाइ थियो। 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विवेकले सही ठहर गरेको विषयमा नेतृत्वले तलमाथि गर्न नहुने बताएकाछन्। 

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको नयाँ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले कांग्रेसले तत्कालको लाभहानीका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध, विकासका बारेमा निर्णय लिन नहुने बताएका हुन्। 

आगामी निर्वाचनमा कांग्रेसले आफ्नो पार्टीको परिचय कायम राख्नुपर्ने बताए। नेपालको अन्तर्राष्ट्रिय विश्वास कायम राख्नका लागि कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। 

एमसीसी परियोजनाका बारेमा कांग्रेसले अध्ययन गरेर बुझेर सही ठहर गरेकाले पारित गर्नेतिर अघि बढ्नुपर्ने उनको भनाइ थियो। 

'कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन अहिले । पार्टीको निर्वाचनको क्षण, तत्क्षणको लाभ, हानी यी सबैकुरालाई बिर्सेर भएपनि आजको दिनमा नेपाली कांग्रेस पार्टीले आफ्नो परिचय कायम राख्नुपर्छ । नेपालको राष्ट्रिय हितको रक्षाका निम्ति कसले के भन्यो भन्नेकुरा सँग होइन । आफुलाई जे कुरामा विश्वास लागेको छ, त्यो विश्वासका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्यका निम्ति यि सबै कुराहरुमा नेपाली कांग्रेस पार्टी अरुजस्तो सरकारमा बस्दा एउटा, बाहिर बस्दा एउटा बोलि फेरी राख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन।'

महामन्त्री थापाले नेपाली कांग्रेसले कुनैपनि विषयमा सरकारमा बस्दा एउटा र प्रतिपक्षमा बस्दा अर्को धारणा बनाउने नगरेको दावी समेत गरे। 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend