शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एमसीसी पास वा फेल जे पनि हुनसक्छ: प्रधानमन्त्री 

'एमसीसी राष्ट्रहितमा छ यो कुरा हामीले भन्नुपर्छ'

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
एमसीसी पास वा फेल जे पनि हुनसक्छ: प्रधानमन्त्री 

उनले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताए। प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताए। 

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजनालाई पारित गराउन आफू लागिपरेको बताएका छन्। 

बिहीबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ को लोर्कापण गर्दै प्रधानमन्त्री देउवाले आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताएका हुन्। 

उनले एमसीसी पारित गराउने कांग्रेसको सर्वसम्मत् निर्णय अनुरुप आफू लागि परिरहेको बताए। प्रधानमन्त्री देउवाले एमसीसी परियोजना संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताए। 

एमसीसी राष्ट्रको हितमा रहेको उनको भनाइ थियो। 

'एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ । त्यसमा लागिराखेको छु । फेल पनि हुनसक्छ, पास पनि हुनसक्छ थाहा छैन । तर राष्ट्रको हितमा छ भन्नेकुरा सत्य कुरा हो यो । हामीले भन्नुपर्छ यो, सत्य हो' उनले भने। 

 


प्रकाशित : बिहीबार , फागुन ५ २०७८०७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend