बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

मिसन २८,५०० मेगावाट : आउँदो असोजमा इप्पानले अन्तर्राष्ट्रिय 'पावर समिट' आयोजना गर्दै

images
बिहीबार , असार १९ २०८२
images
images
मिसन २८,५०० मेगावाट : आउँदो असोजमा इप्पानले अन्तर्राष्ट्रिय 'पावर समिट' आयोजना गर्दै

ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै नेपाल सरकारले अघि सारेको लगानीमैत्री नीतिकै कारण नेपालको कुल उत्पादन क्षमता ३६ सय २ मेगावाट पुग्दा २९ सय मेगावाट विद्युत निजी क्षेत्रबाट उत्पादन भइरहेको जनाइएको छ।

images
images

काठमाडौं- ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम 'पावर समिट, २०२५' आउँदो असोज १ र २ गते आयोजना हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले जनाएको छ। 

images
images

इप्पानको विशेष कार्यक्रमको रुपमा परिचित पावर समिटको नारा मिसन '२८,५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन' रहेको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले जानकारी दिएको छ। 

images
images

नेपालको ऊर्जा उत्पादनको ११४ वर्षको इतिहासमा ३६ सय मेगावाट मात्र उत्पादन क्षमता पुगेको सन्दर्भमा सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन पुर्‍याउने सरकारको लक्ष्य हासिल गर्नु निजी क्षेत्रको जिम्मेवारी र दायित्व रहेको इप्पानको भनाइ छ। 

images
images
images

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारीका साथै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था, निकाय र कम्पनीहरुको सहभागितामा वृहत रुपमा समिट आयोजना गर्न लागिएको इप्पानको भनाइ छ।

अब हुने पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौँ संस्करण हो। 

ऊर्जा विकास मार्गचित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रिय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देशका लगानीकर्ताहरु, कुटनीतिक तथा विकास साझेदार नियोगका अधिकारीहरु, सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनीधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एउटै छानामुनी भेला गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहस गर्ने मुख्य उद्देश्य समिटले राखेको इप्पानले जनाएको छ। 

विशेष गरी ऊर्जा मार्गचित्र कार्यान्वयनसँग जोडिएको नेपाल र दक्षिण एसियाली देशहरुको हरित र स्वच्छ ऊर्जा उपलब्धता, विद्युत र कार्बन व्यापारसँगै नविनत्तम वित्तिय उपकरणको विकास, ऊर्जा सुरक्षाको सुनिश्चितता, अन्तरदेशीय पूर्वाधारहरु निर्माणमार्फत क्षेत्रीय सम्पर्क विस्तार, नेपाल र दक्षिण एशियाली मुलुकहरुको नेट जिरो इमिसनको लक्ष्य हासिल, दिगो र समावेशी ऊर्जा विकास जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गरी नेपाललाई हरित ऊर्जा विकासकर्ता मुलुकको रुपमा चिनाउने थलो समिट बन्ने अपेक्षा गरेको इप्पानले जनाएको छ।

समिटमा हुने आन्तरिक तथा वाह्य पूर्वाधार निर्माण र खपत वृद्धि, जलवायु परिवर्तनको असर र न्यूनीकरणसँगै प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण जस्ता चुनौतीहरुको सामनाका लागि नेपाल र अन्य देशहरुले बनाउनुपर्ने नीति निर्माणसँगै विश्वका विभिन्न देश र विकास साझेदारहरुको अनुभव र अभ्यासहरुको बारेमा समेत समिटमा छलफल हुनेछ।

नेपालको कुल ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको इप्पानको भनाइ छ। बहुदलीय प्रजातन्त्रपछि ऊर्जामा निजी क्षेत्रलाई खुला गरेसँगै नेपाल सरकारले अघि सारेको लगानीमैत्री नीतिकै कारण नेपालको कुल उत्पादन क्षमता ३६ सय २ मेगावाट पुग्दा २९ सय मेगावाट विद्युत निजी क्षेत्रबाट उत्पादन भइरहेको जनाइएको छ।

हालसम्म निजी क्षेत्रले ऊर्जामा १३ खर्ब रुपैयाँ बराबरको लगानी गरिसकेको छ भने ५० खर्ब रुपैयाँ लगानीको लागि तम्सिएको छ। निजी क्षेत्रकै अगुवाइमा ४२ सय मेगावाट क्षमताका आयोजनाहरु निर्मााणाधीन अवस्थामा रहेको र ४१ सय मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न गरेर वित्तिय व्यवस्थापनको पर्खाइमा रहेको इप्पानले जनाएको छ। 


प्रकाशित : बिहीबार , असार १९ २०८२१३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend