बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

टाटाको '७.७ डिल्स लाइक नेभर विफोर' योजना आजदेखि, यस्ता छन् सेवासुविधा

images
बिहीबार , असार १९ २०८२
images
images
टाटाको '७.७ डिल्स लाइक नेभर विफोर' योजना आजदेखि, यस्ता छन् सेवासुविधा

पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूमहरूमा यो कार्यक्रम सञ्चालन हुनेछ।

images
images

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले आजदेखि असार २३ सम्मका लागि '७.७ डिल्स लाइक नेभर विफोर' नामक विशेष कार्यक्रम आयोजना गरेको छ।

images
images

यस कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ।

images
images

'७.७ डिल्स लाइक नेभर विफोर' कार्यक्रमअन्तर्गत ग्राहकहरु लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमणका साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्नसक्ने अवसर छ।

images
images
images

सो अवसरमा ग्राहकहरुलाई नेपालभर रहेका टाटा मोटर्सको शोरुममा नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ, र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिने कम्पनीले जनाएको छ। एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप आईफोन १६ जित्ने अवसर समेत पाउनेछन्।

पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूमहरूमा यो कार्यक्रम सञ्चालन हुनेछ।


प्रकाशित : बिहीबार , असार १९ २०८२१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend