शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा नेक्सन इभीको फेसलिफ्ट आउँदै, के होला नयाँ? 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
टाटा नेक्सन इभीको फेसलिफ्ट आउँदै, के होला नयाँ? 

कारको रेन्जसँगै ब्याट्रीको क्षमतामा पनि परिवर्तन हुने छ। हाल ३०.२ किलोवाटप्रतिघण्टा क्षमताको ब्याट्री यसमा रहेको छ। अब आउने कारमा ३० किलोवाटसम्मको हुनसक्ने छ। 

काठमाडौं- टाटा मोटर्सले नेक्सन इभीको अपग्रेड भर्सन ल्याउने तयारी गरिरहेको छ। अप्रिल-मे भित्र आउने विश्वास गरिएको नेक्सन इभीमा केही परिवर्तन देखिने भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारहरूमा उल्लेख गरिएको छ। 

भारतमा धेरै बिक्री हुने यो मोडलको डिजाइनलाई यथावत राखेर अरु फिचर्स थपेर ल्याउने बताइएको छ। नेपाली बजारमासमेत नेक्सन इभी बिक्री भइरहेको छ। नेपालमै पनि यो मोडल रुचाइएकोमा पर्छ। 

नेक्सन इभीको आउने भर्सनमा क्षमतामा वृद्धि देखिनसक्ने छ। हाल एकपटकको चार्जिङमा ३१२ किलोमिटर रेन्ज रहेको यो कारमा अब ४ सय किलोमिटरसम्म हुने विश्वास गरिएको छ। 

कारको रेन्जसँगै ब्याट्रीको क्षमतामा पनि परिवर्तन हुने छ। हाल ३०.२ किलोवाटप्रतिघण्टा क्षमताको ब्याट्री यसमा रहेको छ। अब आउने कारमा ३० किलोवाटसम्मको हुनसक्ने छ। 

त्यस्तै चार्चरका सवालमा पनि यसमा परिवर्तन हुनसक्ने छ। हाल ३.३ किलोवाटको एसी चार्सर रहेकोमा अब ६.६ किलोवाटको एसी चार्जर हुनुक्ने छ। यसले गर्दा चार्जिङ समय घटाउन मद्दत गर्ने छ। 

 


प्रकाशित : बुधबार, फागुन ४ २०७८१२:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend