बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

गण्डक नहरका संरचना जीर्ण, मर्मत गर्न बजेट अभाव

images
बिहीबार , असार १९ २०८२
images
images
गण्डक नहरका संरचना जीर्ण, मर्मत गर्न बजेट अभाव

मातहत रहेका चार वटा ट्युबेल पूर्ण रुपमा निष्क्रिय छन् भने २३ वटा ट्युबेल सञ्चालनमा ल्याउन सकिने भएकाले बजेटको आवश्यकता रहेको कार्यालयले जनाएको छ।

images
images

पर्सा- ५० वर्षअघि सञ्चालनमा आएको गण्डक नहरको संरचना जीर्ण बनेका छन्। नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिँचाइ तथा जलविद्युत योजना सम्झौता भएको थियो।

images
images

सो सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी नारायणी सिँचाइ प्रणालीको विकास गरिएको थियो।

images
images

सो सिँचाइ योजनाअन्तर्गत पर्सा, बारा र रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार चार सय हेक्टर जमिनमा सिँचाइको लागि भारतीय पक्षले नेपालका लागि आठ सय ५० क्युसेक क्षमताको पानी आउने गण्डक नहर निर्माण गरेर सन् १९७५ र १९७६ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो।

images
images
images

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर ललन बैठाले नहर प्रणालीमा निर्माण भएका संरचना जीर्ण भएकाे बताए। ‘अहिले नहर प्रणालीहरुमा सिल्टेसन (नहरमा माटो र बालुवा थुप्रिने) समस्या कायमै छ।नहरका संरचना कमजोर भएका छन्’ उनले भने।

अर्कोतर्फ नहरसँगै जोडिएका पुलको अवस्था पनि जीर्ण भइरहेको छ। कार्यालयका इन्जिनियर बैठाले नहर प्रणालीमा निर्माण भएका संरचनाको मर्मतसम्भारको लागि यथोचित बजेट व्यवस्थापनको जरुरत रहेको पनि बताए। गण्डक नहर भारतीय भूमि हुँदै नेपाल-भारतको सीमा क्षेत्र जानकीटोलाबाट पर्सामा पानी भित्रिने गर्छ।

यो नहर नेपालतर्फ ८१ किलोमिटर लम्बाइ रहेको छ। यो नहरको ९ वटा डिष्ट्रिब्युटरी र ८७ वटा संरचनाअन्तर्गत पर्सा, बारा र रौतहत जिल्लामा सिँचाइ गर्ने गरिन्छ। इन्जिनियर बैठाले सम्झौताअनुसार तीन जिल्लाको ३७ हजार चार सय हेक्टर क्षेत्रमा सिँचाइ हुनुपर्ने भएपनि हालसम्म भने २८ हजार सात सय हेक्टर क्षेत्रफलमा मात्रै सिञ्चित हुँदै आएको जानकारी दिए।

सम्झौताअनुसार नेपालले आठ सय ५० क्युसेक पानी प्राप्त गर्नुपर्ने हो। तर, सोहीबमोजिम प्राप्त हुन नसकिरहेको नेपाली पक्षले जनाएको छ। नारायणी सिँचाइ व्यस्थापन कार्यालय मातहत २९ वठा ट्युबेलमध्ये दुई वटा मात्र सञ्चालनमा छन्।

मातहत रहेका चार वटा ट्युबेल पूर्ण रुपमा निष्क्रिय छन् भने २३ वटा ट्युबेल सञ्चालनमा ल्याउन सकिने भएकाले बजेटको आवश्यकता रहेको कार्यालयले जनाएको छ। कार्यालयले चालु आर्थिक वर्षमा मर्मतसम्भार आयोजनाका लागि पाँच करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म भने ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ।

बृहत् सरकारी सिँचाइको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरणको लागि ११ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म ९० प्रतिशत भौतिक प्रगति र ६५ प्रतिशत वित्तीय प्रगति भएको छ। गण्डक नहरमा भारतीय पक्षले वर्षायाममा असार १५ र हिउँदमा पुस १० गतेदेखि पानी प्रवाह गर्नुपर्ने सम्झौता छ। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend