बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

दुई करोड ३१ लाख लागतमा दरखोलामाथि बन्यो झोलुंगे पुल

बिहीबार , असार १९ २०८२
दुई करोड ३१ लाख लागतमा दरखोलामाथि बन्यो झोलुंगे पुल

पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ।

म्याग्दी- धौलागिरि गाउँपालिका-३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोड ३१ लाख ३६ हजार ७ सय ५० रूपैयाँको लागतमा ३६६ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ।

पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुुल निर्माण गरेको हो। पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ। साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।

विसं २०८२ को मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले हाले काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेसँगै पुल सञ्चालनमा आएको हो। रासस


प्रकाशित : बिहीबार , असार १९ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend