बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १८ २०८२
images
images
कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ। यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन्।

images
images

नेपालगञ्ज- नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले आज बुधबार धम्बोझी चोकबाट पक्राउ गरेको छ।  

images
images

मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा लिएको सीआईबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता युवराज खड्काले जानकारी दिए। 

images
images

'बैंकको घोटला प्रकरणमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो', सूचना अधिकारी रहेका खड्काले भने।

images
images
images

विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका मिश्र अहिले नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। मधेस आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं २ बाट उम्मेदवार थिए। स्वतन्त्र राजनीतिक समूहबाट उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए। पछि उनी एमाले प्रवेश गरेका थिए।

मिश्रसँगै सो ठगी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या तीन पुगेको छ। 

यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन्। पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। 

उक्त बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको थियो। बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२१९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend