बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बजेट कर्मकाण्डी होइन तथ्यपरक आएको छ : अर्थमन्त्री पौडेल

बुधबार, असार १८ २०८२
बजेट कर्मकाण्डी होइन तथ्यपरक आएको छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले ऋणको दायरा असीमित नहोस् भनेर सरकार सचेत रहेको बताए।

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको बताएका छन्। 

राष्ट्रियसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणालीअन्तर्गत निर्माण भएको जानकारी दिएका हुन्। उनले बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरकरुपमा आएको र संसदले पारित गरेपछि कार्यान्वयनमा जाने बताए।

अर्थमन्त्री पौडेलले ऋणको दायरा असीमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पुँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए।

करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आबद्धता, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ।

नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनुपर्ने, सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरुको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।

अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रक्रियामा सांसदहरुले दिएका सुझावहरुलाई पनि ख्याल गरिएको बताए। 


प्रकाशित : बुधबार, असार १८ २०८२१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend