बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

'अलपत्र योजनाहरुलाई सम्बोधन गर्नेगरी बजेट विनियोजन गरिएको छ'

बुधबार, असार १८ २०८२
'अलपत्र योजनाहरुलाई सम्बोधन गर्नेगरी बजेट विनियोजन गरिएको छ'

उनले भने, 'अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्न यो वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ। पूर्णरुपमा लगत संकलन गरेर काम गर्छौँ।'

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्नेगरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताएका छन्।

आज राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कतिपय पुल तथा बाटाहरु आदिभन्दा बढी बनिसकेका भए पनि अलपत्र अवस्थामा रहेको बताए।

उनले भने, 'अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्न यो वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ। पूर्णरुपमा लगत संकलन गरेर काम गर्छौँ।'

मन्त्री दाहालले बजेट जनमैत्री बनाउन र उत्पादनसँग बजेटलाई जोड्ने कोसिस गरिरहेको बताए। 'पूर्व-पश्मिचमा चारवटा राजमार्गहरु बनिसकेपछि त्यहाँ रोजगारी सिर्जना, व्यापारहरु बढ्दै जानेछन्। जसले गर्दा उत्पादन र आम्दानी बढ्नेछ', उनले भने।

उनले बजेट सन्तुलनमा गत वर्षको ट्रेन्डभन्दा परिवर्तन गर्न नसकेको स्वीकारे। उनले बजेट विनियोजन कसरी व्यवस्थित बनाएर जानेमा ध्यान दिनुपर्ने बताए।

मन्त्री दाहालले तीन करोड रूपैयाँभन्दा तलका आयोजना विनियोजनको जवाफमा नियमित प्रकृतिका आयोजनामा भुक्तानी गर्न बाँकी रकम छुट्याइएको वा अध्ययनमा राखिएको बताए। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२१४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend