शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

यान्त्रिकीकरणले किसानलाई लाभ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
यान्त्रिकीकरणले किसानलाई लाभ

लगभग ५०० हेक्टर जग्गामा लागू भएको तरकारी जोनमा किसान मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर लाभ लिइरहेका छन् । केही वर्ष जीवन निर्वाह हुने खेतीबाट अहिले किसानले लाखौँ आम्दानी गर्नुका साथै प्रशस्त रोजगार पनि दिएका छन् ।

विराटनगर- कृषिमा यान्त्रिकीकरणको प्रवेशसँग किसान हर्षित भएका छन् । उत्पादन र उत्पादकत्व बढ्ने, लागत कम र लाभ ज्यादा लिन यान्त्रिकीकरणले मद्दत गर्ने भएकाले किसान हर्षित भएका हुन् । मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका क्षेत्रमा तरकारी जोन लागू भएपछि किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङबाट ५० प्रतिशत अनुदानमा खेत खनजोत गर्ने पावर टिलर प्राप्त गरेका छन् ।

लगभग ५०० हेक्टर जग्गामा लागू भएको तरकारी जोनमा किसान मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर लाभ लिइरहेका छन् । केही वर्ष जीवन निर्वाह हुने खेतीबाट अहिले किसानले लाखौँ आम्दानी गर्नुका साथै प्रशस्त रोजगार पनि दिएका छन् ।
 
तरकारी जोनमा फार्म र समूह गरी २९ वटा समूह सूचीकृत भएका छन् । किसानको माग र आवश्यकताअनुसार कृषियन्त्र प्रदान गर्न लागिएको हो । केही किसानले पम्पिसेट, बोरिङ, डिजिटल नापतौल गर्ने मेसिन, शीतगृह, टिपर माग गरेका छन् । अहिले कटहरीमा एक थान टिपर उपलब्ध गराइसकेको र बाँकी माग क्रमशः पूरा गर्दै जाने परियोजनाका प्रमुख विनोदकुमार मण्डलले बताए। 
 
तरकारी जोनका देवानन्द साहले यस क्षेत्रका किसान परियोजनाबाट लाभान्वित मात्र नभई खेती गर्न थप उत्साहसमेत मिलेको बताए।  उनले पाँच बिघामा तरकारी खेती गरेर खर्च कटाएर  १५ लाख आम्दानी गर्न सफल भएको बताए। 


प्रकाशित : बुधबार, फागुन ४ २०७८१२:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend