बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिकटन मल बिक्रीवितरण

बुधबार, असार १८ २०८२
कृषि सामग्री कम्पनी बिर्तामोडद्वारा २० हजार मेट्रिकटन मल बिक्रीवितरण

हाल पनि रासायनिक मल आउने क्रम जारी रहेकाले यसवर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ।

झापा- कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१ /८२ को हालसम्ममा २० हजार चारसय ४९ दशमलव २० मेट्रिकटन रासायनिक मल बिक्री वितरण गरेको छ।

शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार ६ सय १९ दशमलव ५० मेट्रिकटन र गत वर्षको मौज्दात एक हजार पाँचसय ५० मेट्रिकटन रासायनिक मल रहेको थियो। उनका अनुसार हाल पनि रासायनिक मल आउने क्रम जारी रहेकाले यसवर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ। 

शाखा कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा युरिया १२ हजार १७ दशमलव ३५ मेट्रिकटन, डीएपी सात हजार पाँचसय ३८ दशमलव ५५ मेट्रिकटन, पोटास सातसय ८७ दशमलव ३५ मेट्रिकटन र चुन एकसय पाँच दशमलव ९५ मेट्रिकटन बिक्री वितरण गरिएको  छ।   

शाखाका प्रमुख राजवंशीका अनुसार युरीया प्रतिबोरा आठसय आठ रूपैयाँ ५० पैसा, डीएपी प्रतिबोरा दुई हजार दुईसय ५८ रूपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६ सय ५८ रूपैयाँ ५० पैसा र चुन प्रतिबोरा दुईसय १५ रूपैयाँमा बिक्रीवितरण भइरहेको छ। हाल युरिया एक हजार एकसय मेट्रिकटन, डीएपी ६ हजार मेट्रिकटन र पोटास पाँचसय मेट्रिकटन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले बताए।

शाखा कार्यालयले यस वर्ष २१ मेट्रिकटन विभिन्न पाँच प्रजातिका धानको बीउ बिक्री गरेको प्रमुख राजवंशीले जानकारी दिए। उनका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो। रासस


प्रकाशित : बुधबार, असार १८ २०८२१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend