बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

माइक्रोसफ्टले विकास गर्‍यो चिकित्सासम्बन्धी एआई, जटिल केसको निदान क्षमता भएको दाबी

बुधबार, असार १८ २०८२
माइक्रोसफ्टले विकास गर्‍यो चिकित्सासम्बन्धी एआई, जटिल केसको निदान क्षमता भएको दाबी

न्यून लागत र छोटो समयमै सफल निदानमा यो प्रणाली रुपान्तरणकारी हुने कम्पनीको विश्वास छ। परीक्षणको क्रममा विभिन्न मोडलको संयोजन गर्दै एउटा बेञ्चमार्क बनाइएको कम्पनीले उल्लेख गरेको छ।

काठमाडौं- विश्वको अग्रणी प्रविधि कम्पनी माइक्रोसफ्टले चिकित्सा क्षेत्रका लागि एआई प्रणाली विकास गरेको घोषणा गरेको छ। माइक्रोसफ्टले चिकित्सा क्षेत्रमा क्रान्ति ल्याउनेगरी एआई मोडल विकास गरिएको घोषणा गरेको हो। 

अमेरिकी कम्पनी माइक्रोसफ्टले माइक्रोसफ्ट एआई डाइग्नोस्टिक अर्केस्ट्रेटर (एमएआई-डीएक्सओ) प्रणाली विकास गरेको घोषणा गरेको हो। 

चिकित्सा अभ्यासका क्रममा जटिल समस्या पहिचान तथा निदानका लागि यो प्रणालीको काम गर्ने माइक्रोसफ्टको दाबी छ। न्यून इंगल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएका ३०४ वटा जटिल केसको ८५ प्रतिशत सफल निदान गर्न यो प्रणाली सफल भएको माइक्रोसफ्टले दाबी गरेको छ। जुन अनुभवी डाक्टरको तुलनामा निकै सुधारिएको तथ्यांक हो। सोही काम अनुभवी डाक्टरहरूलाई लगाउँदा जम्मा २० प्रतिशतमात्र सही निदानको जवाफ दिएका थिए। 

न्यून लागत र छोटो समयमै सफल निदानमा यो प्रणाली रुपान्तरणकारी हुने कम्पनीको विश्वास छ। परीक्षणको क्रममा विभिन्न मोडलको संयोजन गर्दै एउटा बेञ्चमार्क बनाइएको कम्पनीले उल्लेख गरेको छ। 

च्याटजीपीटीको विकासकर्ता कम्पनी ओपनएआईमा समेत लगानी गरेको माइक्रोसफ्टले आम प्रयोगमा आउने बाहेक विशिष्टिकृत मोडलको विकासमा पछिल्लो २ वर्षदेखि लागिरहेको छ। स्वास्थ्य एआईको काम पनि सन् २०२४ देखि सुरू गरेको थियो। 

यो प्रणालीले कोपाइलट तथा अन्य एआई मोडलको जस्तै भ्वाइस तथा टेक्स्टको माध्यमबाट काम गर्छ। जसमा विभिन्न लक्षण देखिएपछि प्रश्न सोध्दै, परीक्षणहरू गराउने र अन्तिममा निष्कर्ष सुनाउँछ। यसले न्यून लागतमा भरपर्दो निदानको क्षमता विकास गरेको कम्पनीले दाबी गरेको छ। 

तर यो प्रविधिले डाक्टर र अस्पताललाई विस्थापन गर्नेभन्दा सहयोगी हुने खालको हो। अहिलेसम्म आम प्रयोगकर्ताको पहुँचमा नपुगेको यो प्रणालीमा अझै थुप्रै सुधार आवश्यक रहेको छ। चिकित्सा क्षेत्र संवेदनशील भएकाले यसको नियामकीय तथा अन्य कानूनी अनुमतिका जटिल प्रक्रियामात्र होइन आम र तेस्रो पक्षको निगरानीसहितको परीक्षण पनि पास गर्नुपर्ने हुन्छ।


प्रकाशित : बुधबार, असार १८ २०८२१०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend