बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

अमेरिकी डलर ५२ वर्षयताकै कमजोर अवस्थामा, ट्रम्पको आर्थिक नीतिमा संशय

images
बुधबार, असार १८ २०८२
images
images
अमेरिकी डलर ५२ वर्षयताकै कमजोर अवस्थामा, ट्रम्पको आर्थिक नीतिमा संशय

डलरको गिरावटसँगै सुनको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। केन्द्रीय बैंकहरूले डलर सम्पत्तिबाट सुरक्षाका लागि सुन खरिद तीव्र पारेका छन्।

images
images

काठमाडौं- सन् २०२५ को पहिलो ६ महिनामा अमेरिकी डलरको मूल्य १०.८ प्रतिशतले घटेर सन् १९७३ यताकै सबैभन्दा खराब सुरुवात गरेको छ।

images
images

आर्थिक विश्लेषकहरूले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको व्यापार नीतिहरू, संघीय ऋणको तीव्र वृद्धि र अमेरिकी केन्द्रीय बैंक (फेड) को स्वतन्त्रताप्रति बढ्दो आशंकालाई यस गिरावटको प्रमुख कारण बताएका छन्।

images
images

अन्तर्राष्ट्रिय सञ्चार माध्यम फाइनान्सियल टाइम्सले अहिले अमेरिकी डलर ५२ वर्षयताकै कमजोर भएको उल्लेख गरेको छ।

images
images
images

छवटा प्रमुख मुद्राविरुद्ध डलरको बलियोपन मापन गर्ने डलर इन्डेक्सले यस्तो गिरावट देखाएको हो, जुन सन् १९७३ मा ब्रेटन वुड्स प्रणाली अन्त्य भएपछि पहिलोपटक यति गम्भीर भएको हो।

अमेरिकी सिनेटले ट्रम्पको ‘ठूलो र सुन्दर’ भनिएको कर विधेयकमाथि संशोधन प्रस्तावहरूमाथि मतदान गरिरहँदा सोमबारमात्र डलर फेरि ०.६ प्रतिशतले घटेको छ। यो विधेयकले आगामी दशकमा ३.२ ट्रिलियन डलरबराबरको ऋण थप्ने अनुमान गरिएको छ।

सालको सुरुवातमा धेरैले ट्रम्पको व्यापार युद्धले अमेरिकाबाहेक अन्य अर्थतन्त्रमा धेरै असर पार्ने र अमेरिकी मुद्रामा माग बढाउने विश्वास गरेका थिए। तर यसविपरीत युरोपेली मुद्रा १३ प्रतिशतले उकालो लाग्दै डलरको तुलनामा १.१७ डलर माथि पुगेको छ।

फेडले दर कटौती गर्ने सम्भावनामा बढ्दो विश्वासका कारण पनि डलर कमजोर भइरहेको हो। बजारका संकेतअनुसार सन् २०२६ को अन्त्यसम्म कम्तीमा पाँचपटक ब्याजदर कटौती हुनसक्ने अपेक्षा गरिएको छ।

यो परिदृश्यले अमेरिकी सेयर बजारलाई भने उत्साहित बनाएको छ। जहाँ नयाँ कीर्तिमानसमेत बनेको छ। तर कमजोर डलरका कारण युरोपेली बजारसँग तुलना गर्दा अमेरिकी सेयर बजारको प्रदर्शन कमजोर देखिएको छ।

ठूला लगानीकर्ता, पेन्सन कोष र केन्द्रीय बैंकहरूसमेत अहिले डलरमा आधारित सम्पत्तिहरूमा आफ्नो जोखिम घटाउने सोचमा देखिन्छन्। उनीहरूले अमेरिकी डलर अझै सुरक्षित लगानी हो कि होइन भन्नेमा प्रश्न उठाएका छन्।

डलरको गिरावटसँगै सुनको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। केन्द्रीय बैंकहरूले डलर सम्पत्तिबाट सुरक्षाका लागि सुन खरिद तीव्र पारेका छन्।

केही विश्लेषकहरू भने डलरको तीव्र गिरावट अब रोकिने विश्वासमा छन्। 


प्रकाशित : बुधबार, असार १८ २०८२०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend