बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

मंगलबार, असार १७ २०८२
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप (कुमारी स्मार्ट) बचतमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ।

काठमाडौं- नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्नो सेवा सूचीमा नयाँ नवप्रबर्द्धन थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप (कुमारी स्मार्ट) बचतमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ।

भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो। जसलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट बचत एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सक्नेछन्।

फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिनसम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन्।

विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना तीन सय दुई शाखा, तीन सय १८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ।

इटीएम, पिओएस, तथा ग्रीन पीन सुविधा विस्तार गर्नुका साथै भिसा, मास्टर कार्ड तथा यूपीआ कार्ड स्वीकार्यता देशभरका इटीएम/पिओएसमा लागु गर्दै डिजिटल कारोबारको पहुँच बढाएको बैंकले आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाहरु प्रदान गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रकाशित : मंगलबार, असार १७ २०८२१६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend