मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

भारतमा स्टकमा रहेको धानचामल सस्तो हुँदा नेपालमा बढ्यो आयात, गत वर्षभन्दा १७ अर्ब ८२ करोड रुपैयाँले बढी

images
मंगलबार, असार १७ २०८२
images
images
भारतमा स्टकमा रहेको धानचामल सस्तो हुँदा नेपालमा बढ्यो आयात, गत वर्षभन्दा १७ अर्ब ८२ करोड रुपैयाँले बढी

चालु आवको ११ महिनामा १७ अर्ब ७८ करोड बराबरको चामल आयात भएको तथ्यांक छ। गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोडको चामल आयात भएको थियो।

images
images

काठमाडौं- मुलुकमा धानचामल आयात गत वर्षको तुलनामा करिब १७ अर्ब ८२ करोड रुपैयाँले वृद्धि भएको छ।

images
images

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल आयात गरेकामा गत आवको सोही अवधिमा २१ अर्ब १२ करोड रुपैयाँबराबरको आयात गरिएको थियो।

images
images

प्रत्येक महिना औसत तीन अर्ब रुपैयाँभन्दा धेरैको धानचामलको आयात बढेकाले असार मसान्तसम्म थप तीन अर्ब रुपैयाँ मूल्यको आयात हुने अनुमान गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। 

images
images
images

भारत सरकारले आफ्ना उद्योगीलाई केही वर्षदेखि निर्यातमा लगाएको कर घटाएका कारण त्यसको नकारात्मक प्रभावले आयात बढी भएको तथा तीन वर्षदेखि ‘बफर स्टक’मा रहेको धानचामल तुलनात्मक रूपमा केही सस्तो मूल्यमा पाइएका कारण पनि नेपालमा आयात बढेको छ।

मन्त्रालयका अनुसार चालु आवको ११ महिनामा १७ अर्ब ७८ करोड बराबरको चामल आयात भएको तथ्यांक छ। गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोडको चामल आयात भएको थियो। बाह्य मुलुकबाट वस्तु स्वदेश आयात वृद्धि हुँदा व्यापारघाटा थप नकारात्मक हुने अनुमान गरिएको छ।

मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार सामान्यतया देशमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग रहेकामा करिब ६० लाख मेट्रिक टन धान स्वदेशी उत्पादन हुने गरेको छ। करिब १० लाख मेट्रिक टन अपुग धान आयात हुने गरेको छ। स्वदेशी उत्पादनले धानचामलको माग धान्न नसक्दा आपूर्ति सहज बनाउन आयात गरिन्छ। 

कृषि उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्न किसानलाई समयमै मल, बीउ, सिँचाइ सुविधा, अनुदानको व्यवस्थासहित यस क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको जानकारहरूले बताउने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, असार १७ २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend