मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

देशभर मनसुनको प्रभाव : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

images
मंगलबार, असार १७ २०८२
images
images
देशभर मनसुनको प्रभाव : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

images
images

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतर्फ, विशेष गरी पश्चिम नेपालको केही नजिक रहेको बताइएको छ।

images
images

मंगलबार देशभर आकाश सामान्यतया बदली रहनेछ। बिहानैदेखि कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

images
images

दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

images
images
images

त्यस्तै, उच्च–पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश तथा पहाडी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। ती क्षेत्रहरूका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको भनाइ छ।

मौसमविद्हरूले मनसुनी गतिविधि तीव्र भइरहेकाले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिएका छन्।


प्रकाशित : मंगलबार, असार १७ २०८२०६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend