मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

बढ्यो अमेरिकी डलर, अन्य मुद्राको मूल्य कति?

images
मंगलबार, असार १७ २०८२
images
images
बढ्यो अमेरिकी डलर, अन्य मुद्राको मूल्य कति?

अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको थियो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ वृद्धि भएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको थियो।

images
images

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ। 

images
images

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४६  पैसा र बिक्रीदर ८९ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर १०० रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९३ पैसा तोकिएको छ। 

images
images
images

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ। 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२  पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५७ रुपैयाँ १८ पैसा रहेको छ। 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, असार १७ २०८२०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend