बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

इन्धनको मूल्य बढ्यो, कुनमा कति?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १६ २०८२
इन्धनको मूल्य बढ्यो, कुनमा कति?

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल प्रतिलिटर ५ रूपैयाँ र डिजल/मट्टितेलमा प्रतिलिटर ४ रूपैयाँ मूल्य बढाएको हो।

यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति एक हजार लिटरमा ५१ डलर बढाएको हो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६५ रूपैयाँ र डिलज/मट्टीतेल प्रतिलिटर १४९ रूपैयाँ भएको छ। यसैगरी हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर १२५ रूपैयाँ तय भएको छ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हकम प्रति एक हजार लिटरको ९ सय ५२ डलर, भैरहवाको हकमा प्रति एकहजार लिटरको हकमा ७ सय ६६ डलर र पोखराको हकमा प्रति एकहजार लिटर ७ सय ८२ डलर तोकिएको छ।

समायोजन भएको मूल्य सोमबार राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ।


प्रकाशित : सोमबार, असार १६ २०८२२२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend