बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

पोखराको पुम्दिकोटमा केबलकार बन्ने, चितवन कोई र अग्नि समूहको लगानी

सोमबार, असार १६ २०८२
पोखराको पुम्दिकोटमा केबलकार बन्ने, चितवन कोई र अग्नि समूहको लगानी

१ अर्ब ६० करोड रुपैयाँ लगानी हुने यो केबलकार १ वर्ष ६ महिनामा निर्माण सम्पन्न भएर सञ्चालनम आउने छ।

काठमाडौ- नेपालकै पहिलो केवलकार सञ्चालनमा ल्याएको चितवन कोई समूहले पोखरामा केबलकार परियोजना अघि बढाउने भएको छ। 

मनकामनामा केबलकार सफल रुपमा सञ्चालन गरिरहेको चितवन कोईले आफ्नो दोस्रो परियोजना पोखरामा अघि बढाउने भएको हो। चितवन कोईले अग्नि समूहसँगको साझेदारीमा पोखराको पुम्दीकोटमा केबलकार बनाउने भएको हो। 

पुम्दिकोट केबवलकार प्रालि बनाएर १.१ किलोमिटर दुरीको केबलकार बनाउने भएको हो। पोखरादेखि माथि पुम्दिकोटसम्मको दुरीमा यो केबलकार बन्ने छ। 

१ अर्ब ६० करोड रुपैयाँ लगानी हुने यो केबलकार १ वर्ष ६ महिनामा निर्माण सम्पन्न भएर सञ्चालनम आउने छ।

पोखरामा अहिले नै अन्नुपूर्ण केबलकार सञ्चालनमा रहेको छ। पोखरादेखि नै मुक्तिनाथसम्म जाने अर्को केबलकार परियोजना प्रस्तावित छ।सिकलेसमा पनि अर्को केबलकार परियोजना बन्ने चर्चा रहेको छ। 

पुम्दिकोटको केबलकार बनाउने चितवन कोईले मनकामना केबलकाल सञ्चालन गरिरहेको छ। मनकामनामा केबलकारसँगै रिसोर्ट लगायतका अन्य व्यवसाय पनि यो समूहले विस्तार गरिरहेको छ। 

अग्नि समूह भने गाडीको व्यापार बाहेक पछिल्लो समय होटल तथा रिसोर्टमा लगानी गर्दै आएको छ।  


प्रकाशित : सोमबार, असार १६ २०८२१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend