बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

झापाको अर्जुनधारामा फर्निचर उद्योगमा आगलागी, करिब १२ लाख रुपैयाँबराबरको क्षति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १६ २०८२
झापाको अर्जुनधारामा फर्निचर उद्योगमा आगलागी, करिब १२ लाख रुपैयाँबराबरको क्षति

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो। आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ।

झापा- झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ।

मोतीबहादुर खड्काको एकतले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भइ आगलागी हुँदा करिब १२ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो। 

आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असार १६ २०८२११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend