बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निजामती सेवा विधेयक बहुमतले पारित

आइतबार, असार १५ २०८२
निजामती सेवा विधेयक बहुमतले पारित

विधेयकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ।

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले ‘संघीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ।

विधेयकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ।

यसअघि बैठकमा सांसदहरु रेखा शर्मा, प्रेम सुवाल, प्रकाश ज्वाला, महेन्द्रबहादुर शाही, जनार्दन शर्मा, अमनलाल मोदी, रणेन्द्र बराइली, प्रभु साहलगायतले उक्त विधेयकमाथिको छलफलमा भाग लिएका थिए।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गर्न सदनसमक्ष प्रस्तुत गरेका थिए।

आइतबार प्रतिनिधि सभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रतिनिधि सभामा आउँछ। त्यसपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ। त्यसपछि मात्र ऐनमा रुपान्तरित भएर कार्यान्वयनमा आउँछ।


प्रकाशित : आइतबार, असार १५ २०८२१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend