शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

धान दिवस मनाउँदै देशभर रोपाइँ : राष्ट्रपतिदेखि कृषिमन्त्रीसम्मले रोपे धान [तस्बिरहरू]

आइतबार, असार १५ २०८२
धान दिवस मनाउँदै देशभर रोपाइँ : राष्ट्रपतिदेखि कृषिमन्त्रीसम्मले रोपे धान [तस्बिरहरू]

काठमाडौं- आज राष्ट्रिय धान दिवस मनाउँदै देशभर रोपाइँ गरिएको छ। विस २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो।

असार १५ कै अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पनि रोपाइँ गरेका छन्।  राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, उनकी पत्नी सविता पौडेललगायत सहभागी भए। 

रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए। कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए।  

साथै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)द्वारा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोपेका छन्। 

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

ropai dhan (1).png
राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेललगायत।
ropai dhan (1).jpg
सुर्खेतको वीरेन्द्रनगरमा किसानहरुसँग रोपाइँ गर्दै मुख्यमन्त्री यामलाल कँडेललगायत। 
ropai dhan (2).jpg
कृषि ज्ञान केन्द्र बैतडीले गोकुलेश्वरमा आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागीहरू।
ropai dhan (3).jpg
नेपाली कांग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला हल्दीबारीमा आयोजित धान महोत्सवमा हिल्याउँदै। 
ropai dhan (4).jpg
कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा बेँसीसहरमा धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोप्दै।
ropai dhan (5).JPG
दाङको लमहीमा लुम्बिनी प्रदेशका कृषिमन्त्री दिनेश पन्थीलगायत रोपाइँ गर्दै।
ropai dhan (6).JPG
दाङको लमहीमा लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय धान दिवस कार्यक्रम।
ropai dhan (8).jpg
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी खुमलटारमा आयोजित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा।
ropai dhan (9).jpg
रामेछापको मन्थली जगखनीटारमा खेत रोपेर धान दिवस मनाउँदै। 
ropai dhan (10).jpg
बाँके खजुरा-३ धौलागिरि गुल्मिटोलका जनस्वास्थ्य आमा समूह धौलागिरिमा खेत रोपेर धान दिवस मनाउँदै।


प्रकाशित : आइतबार, असार १५ २०८२१४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend