बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सीजी फुड्सको सञ्चालन मुनाफामा सुधार

आइतबार, असार १५ २०८२
सीजी फुड्सको सञ्चालन मुनाफामा सुधार

कम्पनीले चिप्स तथा अन्य पेय पदार्थ पनि उत्पादन गर्दै आएको छ। चौधरी समूहको यो कम्पनीले गत वर्ष ११ अर्ब ६७ करोड आम्दानी गरेको थियो। त्यसअघिको वर्ष १२ अर्ब गरेको थियो।

काठमाडौं-वाईवाई चाउचाउको उत्पादक कम्पनी सीजी फुड्सले एवान रेटिङ पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको पछिल्लो रेटिङमा अल्पकालीन ऋण उपकरणका लागि कम्पनीले उच्च श्रेणीको रेटिङ पाएको हो। 

चाउचाउको बजारमा नेपालकै चर्चित ब्रान्ड वाइवाइको उत्पादक कम्पनीको समग्र वित्तीय अवस्थामा सुधार देखिएको इक्राले उल्लेख गरेको छ। 

सबल वित्तीय अवस्थातर्फ सबै सूचकले संकेत गरिरहेको रेटिङमा उल्लेख छ। बजारमा देखिएका विविध चुनौतिका बाबजुद कम्पनीको सञ्चालन मुनाफामा सुधार देखिएको छ। राजस्वमा उछाल आउँदासमेत नदेखिएको यस्तो मुनाफा गएको वर्ष देखिएको छ। 

सञ्चालन तथा अन्य लागतलाई किफायति बनाउँदै व्यवस्थापकीय कौशलका कारण यस्तो मुनाफामा सुधार देखिएको हो। पछिल्ला दुई वर्ष १५५ प्रतिशत र ७८ प्रतिशत लाभांस दिएको यो कम्पनीको मुख्य उत्पादन वाइवाइ हो। कूल आम्दानीमा ७० प्रतिशतभन्दा धेरै वाइवाइबाटै आउँछ। 

कम्पनीले चिप्स तथा अन्य पेय पदार्थ पनि उत्पादन गर्दै आएको छ। चौधरी समूहको यो कम्पनीले गत वर्ष ११ अर्ब ६७ करोड आम्दानी गरेको थियो। त्यसअघिको वर्ष १२ अर्ब गरेको थियो। 

सुविधाजनक तरताको अवस्था रहेको, ऋण बहन गर्नसक्ने बलियो अवस्था देखिएको तथा वित्तीय सूचक सबल देखिएको रेटिङ कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

 


प्रकाशित : आइतबार, असार १५ २०८२१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend