बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सर्बिया पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १५ २०८२
सर्बिया पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट १० लाख रुपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका-६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनार पक्राउ परेका छन्। 

सुनिलले सर्बिया पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट १० लाख रुपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार निजलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ। 

यसैबीच बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार तनहुँ बन्दिपुर गाउँपालिका-१ का ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका-४ का ३८ वर्षीय प्रेमबहादुर विकलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर  मुद्दामा  ११ लाख जरिवाना र एक महिना कैद सजाय ठहर भइ फरार रहेका भण्डारीलाई काठमाडौं महानगरपालिका-३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो। साथै सोही मुद्दामा फरार रहेका विकलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार भण्डारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ भने विकलाई इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ।

साथै चेक अनादर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने मोरङ लेटाङ नगरपालिका-९ घर भएकी ५५ वर्षीया असारी लिम्बुलाई पनि शुक्रबार पक्राउ गरेको छ। 


प्रकाशित : आइतबार, असार १५ २०८२१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend