बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

मनसुनी सक्रियताले देशभर वर्षा, कञ्चनपुरमा अत्यधिक पानी

आइतबार, असार १५ २०८२
मनसुनी सक्रियताले देशभर वर्षा, कञ्चनपुरमा अत्यधिक  पानी

मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। कतिपय ठाउँमा शनिबार रातिदेखि नै पानी परिरहेको छ। सुदूरपश्चिमको कञ्चनपुरमा अत्यधिक भारी वर्षा मापन गरिएको छ।

काठमाडौं- मनसुनी वायुको प्रभावले आइतबार बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। कतिपय ठाउँमा शनिबार रातिदेखि नै पानी परिरहेको छ। सुदूरपश्चिमको कञ्चनपुरमा अत्यधिक भारी वर्षा मापन गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरको हनुमाननगर केन्द्रमा आइतबार बिहान ६ बजेदेखि ७ बजेसम्मको एक घन्टामा ६१.८ मिलिमिटर वर्षा भएको छ, जुन ‘धेरै भारी वर्षा’ को सूचक हो।

आज देशभर साधारणदेखि पूर्ण बदली रहनेछ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना उच्च छ। यीमध्ये केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्ने मौसमविद्हरूको अनुमान छ।

यस्तै, देशको उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

रातको समयमा पनि देशभर आकाश बदली रहनेछ। मौसम पूर्वानुमान अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा राति पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्छ। साथै अन्य पहाडी भू–भागहरूमा चट्याङसहितको वर्षाको सम्भावना कायमै छ।

मौसमविद्हरूले मनसुनी प्रणाली अझै सक्रिय रहने भएकाले पहिरो, बाढी तथा डुबानप्रति सतर्क रहन आग्रह गरेका छन्।


प्रकाशित : आइतबार, असार १५ २०८२०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend