आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

कुन देशसँग छ धेरै प्रमाणित तेल सञ्चिति?

images
आइतबार, असार १५ २०८२
images
images
कुन देशसँग छ धेरै प्रमाणित तेल सञ्चिति?

आजको दिनसम्म उत्खनन् गर्न मिल्ने भनेर प्रमाणित भएको कुल तेलको परिमाणमध्ये १० वटा देशसँग १५ खर्ब ब्यारल रहेको छ। एक ब्यारलमा १ सय ५८.९८ लिटर हुन्छ।

images
images

काठमाडौं- संसारभर अहिले पनि इन्धनको सबैभन्दा ठूलो स्रोतमध्येमा पेट्रोलियम पदार्थ रहेको छ। सवारीसाधनदेखि औद्योगिक प्रयोजन हुँदै विद्युत उत्पादनसम्म पेट्रोलियम पदार्थको प्रयोग हुँदै आएको छ। 

images
images

खाडीलगायत देशमा तेलको सबैभन्दा धेरै सञ्चिति रहेको छ। तेल धेरै सञ्चिति भएका देशहरु समृद्ध हुँदै गएका छन्। तेलको मूल्य उनीहरुले गर्ने दैनिक उत्पादन परिमाणअनुसार घटबढ हुने गरेको छ। यसको प्रत्यक्ष प्रभाव संसारभर पर्दै आएको छ। 

images
images

आजको दिनसम्म उत्खनन् गर्न मिल्ने भनेर प्रमाणित भएको कुल तेलको परिमाणमध्ये १० वटा देशसँग १५ खर्ब ब्यारल रहेको छ। एक ब्यारलमा १ सय ५८.९८ लिटर हुन्छ। यी देशमध्ये सबैभन्दा धेरै तेल सञ्चिति रहेको देश भेनेजुएला हो। तर उच्च मुद्रास्फिति र अमेरिकासँगको तनावका कारण भेनेजुएलाको अर्थतन्त्र भने अपेक्षाकृत राम्रो हुन सकेको छैन। 

images
images
images

२०२३ को डिसेम्बरसम्ममा भएको अध्ययनका आधारमा अइल एन्ड ग्यास जर्नलमा ईआईएको तथ्यांकअनुसार भिजुअल क्यापिटालिस्टले १० धेरै प्रमाणित तेल सञ्चित देशहरुको सूची प्रकाशित गरेको छ। १९२० मा भेनेजुएलामा तेल भएको पाइएको थियो। त्यसको केही वर्षपछि भेनुजुएला संसारको सबैभन्दा धेरै तेल रिजर्भ भएको देशका रुपमा रहेको छ। 

तेलको उत्पादन उल्लेख्य रुपमा भएर २०२४ मा भेनेजुएला सरकारको कुल बजेटको ५८ प्रतिशत योगदान तेल निर्यातको रहेको थियो। आधुनिक अर्थतन्त्रमा यति धेरै तेल निर्यात गरेर पनि भेनेजुएलाले खराब आर्थिक अवस्थाबाट गुज्रिरहनु परेको छ। २०१३ यता भेनेजुएलाको जीडीपी पर क्यापिटामा ६८ प्रतिशतले घटेको छ। 

यता साउदी अरेबियाले २०२३ मा दैनिक १ करोड १० लाख ब्यारल तेल उत्पादन गरेको थियो। यसपछि धेरै तेल उत्पादन गर्नेमा अमेरिका रहेको छ। साउदी अरेबियामा संसारको सबैभन्दा कम लागतमा तेल उत्पादन हुँदै आएको बताइन्छ। 

यी हुन् प्रमाणित धेरै तेल सञ्चिति भएका १० देश :

१ भेनेजुएलामा प्रमाणित भएको अर्थात उत्खनन् गर्न मिल्ने ३ सय ३ अर्ब ब्यारल रहेको छ। 

२.साउदी अरेबियामा प्रमाणित तेल २ सय ६७ अर्ब ब्यारल रहेको छ।

३. इरानमा प्रमाणित भएको अर्थात उत्खनन् गर्न मिल्ने २ सय ९ अर्ब ब्यारल रहेको छ।

४. क्यानडामा उत्खनन् गर्न मिल्ने पुष्टि भएको १ सय ६३ अर्ब ब्यारल रहेको छ।

५. इराकमा प्रमाणित भएको १ सय ४५ अर्ब ब्यारल तेल सञ्चिति रहेको छ।

६. यूएईमा उत्खनन् गर्न मिल्ने १ सय १३ अर्ब ब्यारल तेल भण्डारण रहेको छ।

७. कुवेतमा उत्खनन् गर्न मिल्ने १ सय २ अर्ब ब्यारल तेल सञ्चितिमा रहेको छ।

८. रसियामा प्रमाणित भएको तेल ३ सय ३ अर्ब ब्यारल सञ्चितिमा रहेको छ।

९. अमेरिकामा ७४ अर्ब ब्यालर उत्खनन् गर्न मिल्ने प्रमाणित तेल सञ्चितिमा रहेको छ। 

१०. लिबियामा उत्खनन् गर्न मिल्ने ४८ अर्ब ब्यारल तेल सञ्चितिमा रहेको छ।

इजरायलले इरानमाथि हमला गरेसँगै पछिल्लो समय विश्व बजारमा तेलको मूल्य बढेको छ। दुई देशबीचको तनाव मत्थर हुँदै गएकाले तेलको मूल्य घट्ने अनुमान गरिएको छ। 


प्रकाशित : आइतबार, असार १५ २०८२१०:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend