शनिबार, असार १४ गते २०८२    
शनिबार, असार १४ २०८२
images
images

सांसदहरूको सुझाव : आन्तरिक उत्पादन र कर प्रणाली सुधार आवश्यक

images
शनिबार, असार १४ २०८२
images
images
सांसदहरूको सुझाव : आन्तरिक उत्पादन र कर प्रणाली सुधार आवश्यक

शनिबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहितको छलफलमा सहभागीहरुले उक्त धारणा राखेका हुन्

images
images

काठमाडौं- सांसदहरूले आन्तरिक उत्पादन वृद्धिदेखि कर प्रणालीको सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनसहितको छलफलमा सहभागीहरुले उक्त धारणा राखेका हुन्।

images
images

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए। ‘हरित कर लगाउने प्रस्ताव आवश्यक छैन, प्रदूषण कर लागू गरेर हरित सहर निर्माण गर्नुपर्छ। मदिरा र सुर्तीको प्रयोग अन्त्य गर्ने वातावरण बनाउनुपर्छ’ उनले भने।

images
images

साथै सरकारको प्रत्यक्ष संलग्नतामा जलविद्युत र सिँचाइ परियोजनाहरू सञ्चालन गर्नुपर्नेमा पनि सांसद सुवालले जोड दिए। सांसद प्रभु शाहले ठूला वर्गहरुलाई पनि करको दायरामा ल्याउन माग गरे। ‘सामान्य किसानलाई कर तिर्न बाध्य बनाइन्छ, तर ठूला पेशागत व्यक्तिहरू करको दायरामा पर्दैनन्’ उनले भने, ‘करको दायरा बढेको भए पनि राजस्व असुलीमा ठूलो घोटाला छ।’

images
images
images

सांसद रणेन्द्र बरालीले सुनचाँदीजस्ता गहनालाई विलासी वस्तुको सूचीमा राखेर कर लगाउन नहुने तर्क गरे। ‘जन्मदेखि मृत्युसम्म सुनचाँदी चाहिन्छ, ठूला होटेलका महंगा र विलासी वस्तुसँग तुलना गरेर गहनामा विलासी शुल्क लगाउनु अव्यवहारिक छ’ उनी भन्छन्, ‘विदेशबाट तोकिएको मात्राभन्दा बढी सुन ल्याएमा जफत गरिने व्यवस्था मजदुरवर्गमाथि अन्याय हो। त्यसलाई खारेज गर्नुपर्छ।’

सांसद नारायणी शर्माले जडीबुटी उत्पादनलाई प्रोत्साहन गरी जडीबुटीजन्य उद्योगको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले देशको अर्थतन्त्र सुधारका लागि प्राकृतिक स्रोतको सदुपयोग आवश्यक रहेको उल्लेख गरिन्।सांसद छिरीङ डम्डुल लामाले विलासी वस्तुअन्तर्गत दुई प्रतिशत करले सुनचाँदी तथा हिरा व्यवसाय प्रभावित हुने धारणा राखिन्।

सांसद शक्तिबहादुर बस्नेतले आय-व्ययको तालमेल नमिलेको तथा विधेयकमा समेटिएका तथ्यांक यथार्थपरक नभएको टिप्पणी गरे। ‘सामाजिक न्यायका मूल्यहरू कमजोर हुँदै गइरहेका छन्, वृद्धभत्ताको उमेरसमेत घटाइएको छ, यस्तो अवस्थामा कर प्रणालीलाई प्रगतिशील बनाउन जरुरी छ’ उनले भने।

सांसद माधव सापकोटाले नागरिकले कर तिर्नुपर्ने भए पनि राज्यले सामाजिक उत्तरदायित्व पूरा गर्न नसकेको उल्लेख गरे। ‘कर तिर्दा नागरिकले संरक्षकत्वको प्रत्याभूति पाउनुपर्छ, तर सामाजिक सुरक्षाको भत्ता घटाइएको छ, जुन उचित निर्णय होइन’ सांसद सापकोटाले भने।

सांसद रुपा सोशी चौधरीले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताउँदै आर्थिक नीति सरल नहुँदा नेपालमा धेरै उद्योग बन्द भइरहेको उल्लेख गरिन्। उनले उद्योग प्रबर्द्धनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएकी छन्।

सांसद वर्षमान पुनले सुनचाँदीलाई विलासी वस्तुको सूचीबाट हटाउनुपर्ने सुझाव दिँदै कर वृद्धि गर्ने नीति गलत रहेको बताए। उनले औषधिजन्य वस्तुहरूमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने धारणा राखे। सांसद अमनलाल मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनुपर्ने भन्दै त्यसमार्फत रोजगारी सिर्जना र राजस्व वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरे।

सांसद डा. प्रकाशशरण महतले सुन आयातमा रहेको कोटा प्रणाली हटाउनुपर्ने माग गरे। ‘सुनचाँदीजस्ता वस्तुमा कर लगाउनु हुँदैन। कुन वस्तुमा कर लगाउने भन्ने स्पष्ट नीति आवश्यक छ’ उनले भने, ‘आन्तरिक उत्पादन र रोजगारी वृद्धि भएमा करको दायरा स्वाभाविक रूपमा विस्तार हुन्छ।’ छलफलमा सांसद भगवती चौधरी, रञ्जुकुमारी झालगायतले पनि आ-आफ्ना धारणा राखेका थिए। रासस


प्रकाशित : शनिबार, असार १४ २०८२१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend