बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३
भिजिट भिसा प्रकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति अर्यालको ट्राभल कम्पनीमाथि संसदमा उठ्यो प्रश्न

हजारौँबाट अर्बौँ लिएर सांसद पद किनेर संसद प्रवेश भयो : रामहरी खतिवडा

शनिबार, असार १४ २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति अर्यालको ट्राभल कम्पनीमाथि संसदमा उठ्यो प्रश्न

खतिवडाले  संसद बैठकमा सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालिले विगत १० वर्षदेखि जापानमा  भिजिट भिसाको नाममा हजारौँ मान्छे पठाउँदै आएको बताए।

काठमाडौ- शनिबारको संसद बैठकमा आकस्मिक समय लिएर बोलेका नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद रामहरी खतिवडाले भिजिट भिसाको नाममा वर्षेनी हजारौँ कामदारलाई जापान पठाउने र अर्बौ रकम असुली गर्ने कम्पनी पनि सांसदकै ट्राभल रहेको आरोप लगाएका छन्। 

खतिवडाले  संसद बैठकमा सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालिले विगत १० वर्षदेखि जापानमा  भिजिट भिसाको नाममा हजारौँ मान्छे पठाउँदै आएको बताए। जसबाट अर्बौँ पैसा असुल्ने काम भएको छ। त्यही प्रालिका एक जना सांसद संसदमा नै रहेको सुनिन आएको खतिवडाले जिकिर गरेका छन्। 

सांसद पद  किनेर  कुनै एक पार्टीबाट संसदमा प्रवेश गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको उनको भनाइ छ। अहिले  तीन मान्छेहरु संसदमा आएर उफ्रने काम भएको खतिवडाले आरोप लगाएका छन्। उनले सरकारसँग यसमा निष्पक्ष छानबीन हुन पर्ने र कारबाहीको दायर अगाडि बढाउनसमेत माग गरेका छन्।

खतिवडाले संसदमा ट्राभल कम्पनी माथि बोलेको विषय जस्ताकै तस्तै : 'सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालिले विगत १० वर्षदेखि जापानमा  भिजिट भिसाको नाममा हजारौँ मान्छे पठाउँदै अर्बौँ पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र सांसद पद किनेर कुनै एक पार्टीबाट संसदमा प्रवेश गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ। तीन मान्छेह संसदमा आएर उफ्रने काम भएको सुन्नमा आएको छ। यसमा निष्पक्ष छानबीन हुनु पर्छ र कारबाहीको दायर अगाडि बढाउन  माग गर्न चाहन्छु।'

खतिवडाले आरोप लगाएको सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोल प्रसाद अर्याललको लगानी भएको कम्पनी हो।

अर्यालले नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उक्त ट्राभल अर्यालले २००२ सालमा ५ लाखमा खरिद गरेको उल्लेख गरेका छन्। अर्यालले ट्राभल निजी कमाइबाट खरिद गरेको विषय सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

dol.jpg


प्रकाशित : शनिबार, असार १४ २०८२१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend