बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एसईई नतिजा सार्वजनिक : ४८ हजार १ सय ७७ जनाको ३.६ देखि ४ जीपीए

शुक्रबार, असार १३ २०८२
एसईई नतिजा सार्वजनिक : ४८ हजार १ सय ७७ जनाको ३.६ देखि ४ जीपीए

४८ हजार १ सय ७७ जनाको ३.६ देखि ४ जीपीए आएको बोर्डले जनाएको छ।

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ६१.८१ प्रतिशत ग्रेडेड भएका छन्।

परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १ सय ७७ जना, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३ सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १ सय २४, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६, १.६ देखि २ जीपीए ल्याउने ८ जना छन्।

बोर्डका अनुसार १ सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ। अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५ सय ९७ रहेको छ।

२०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ गरी ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए।


प्रकाशित : शुक्रबार, असार १३ २०८२२०:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend